लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन १९ वैशाखमा

बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन १९ वैशाखबाट सुरु हुने भएको छ। आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्य गरे पनि विपक्षी दलको समावेदनपछि १९ वैशाखमा अधिवेशन बोलाइएको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले लुम्बिनीमा विशेष अधिवेशन माग गरेका थिए । तीन दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेका छन्।