पाँचजनालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान गरिने

काठमाडौं : साहित्य सन्ध्याले विभिन्न विधाका पाँचजनालाई सम्मान गर्ने भएको छ। शनिबार बसेको कार्यसमिति बैठकले २०७७ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अनिता लामा‚ डा. राजेन्द्रप्रसाद अधिकारी‚ डा. शेषराज आचार्य (दीक्षित)‚ दिलबहादुर कार्की र प्रतीक ढकाललाई प्रदान गर्ने निर्णय गरेको हो।उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा विधान आचार्य र यशोदा अधिकारी सदस्य रहेको स्रष्टा चयन समितिले गरेको सिफारिसका आधारमा सम्मानित गर्ने निर्णय गरिएको हो। पुरस्कार तथा सम्मान आगामी भद

सम्बन्धित सामग्री

साहित्य सन्ध्याद्वारा पुरस्कार तथा सम्मान प्रदान

साहित्य सन्ध्याले २०८० सालको ‘साहित्य सन्ध्या पुस्कार तथा सम्मान पुरस्कार’ मोरङ विराटनगरका स्रष्टा विवनारायण पण्डितलाई प्रदान गरेको छ । पुरस्कारको राशि जनही २१ हजार एक सय छ ।

साहित्य सन्ध्या पुरस्कार घोषणा

सुनसरीका शिवनारायण पण्डित ‘सिङ्गल’ लाई २०८० सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गरिने भएको छ । ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ का लागि गठित ‘स्रष्टा चयन समिति’ को साउन १४ गते सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । सो समितिद्वारा जारी विज्ञप्ति अनुसार २०८० सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ सोइना दाहाललाई दिइने भएको छ । मासिक रूपमा सञ्चालित साहित्य सन्ध्यामा सहभागी हुनेमध्येका स्रष्टालाई सो पुरस्कार प्रदान गरिँदै आएको जनाइएको छ ।

९३ वर्षीया लेखिका सुवेदीलाई नियात्रा पुरस्कार

काठमाडौं । ४० वर्षको उमेरमा अक्षर चिनेर प्रौढ शिक्षिका एवम् सामाजिक अभियन्ता बनेकी सुर्खेतकी ९३ वर्षीया नियात्राकार नन्दकला सुवेदी काठमाडौंमा पुरस्कृत एवम् सम्मानित भएकी छन् । उनलाई साहित्य सन्ध्या-हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार एवम् सम्मान २०७९ प्रदान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा लेखिका सुवेदीको व्यक्तित्व र उनीद्वारा लेखिएको नियात्रा सङ्ग्रह ‘अठासी […]

साहित्य सन्ध्या पुरस्कार

काठमाडौं । साहित्य सन्ध्याले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयाजना गरेर साहित्य सन्ध्याले साहित्यकार उमेश उपाध्यायलाई साहित्य सन्ध्या पुरस्कार २०७९, साहित्यकार खेमराज निरौलालाई साहित्य सन्ध्या सहभागिता पुरस्कार २०७९, स्नायु रोग विशेषज्ञ वसन्तराज पन्तलाई साहित्य सन्ध्या कृबा पुरस्कारबाट सम्मान गरेको छ । त्यसैगरी, बाल प्रतिभा गोमा कामीलाई साहित्य […]

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’

साहित्य सन्ध्याले नेपाली साहित्यमा विशिष्ट योगदान गर्ने स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरेको छ।...

साहित्य सन्ध्या सहभागिता पुरस्कार प्रदान

वर्षभरि सञ्चालन हुने मासिक साहित्यिक शृङ्खलामा नियमित सहभागी हुने धनकुटाकी बिन्दु अधिकारी ढकाल र इलामका डम्बर पहाडीलाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ।

स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’

काठमाडाैं : विगत अड्तीस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको साहित्य सन्ध्याको ४३१ औँ विशेष शृङ्खलामा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गरिएकाे छ।आज दिउँसाे नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा कार्यक्रम आयोजना गरी विभिन्न स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरिएकाे हाे।सम्मानित हुनेमा रेखा सुवेदी, नारायणप्रसाद भण्डारी, डा.फणीन्द्रराज निरौला, डम्बर पहाडी, विन्दु अधिकारी ढकाललगायत रहेका छन्।सन्ध्याका अध्यक्ष राम विनयको अध

साहित्यिक स्रष्टाहरूलाई सम्मान गरिने

काठमाडाैं : छ जना साहित्यिक स्रष्टाहरूलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरिने भएको छ।विगत अठ्तीस वर्षदेखि अविच्छिन्न मासिक साहित्यिक गोष्ठीको आयोजना गर्दै साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्याले स्रष्टाहरूलाई सम्मान गर्ने भएको हाे।वि. सं. २०७८ सालमा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गर्न प्रा.डा.कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा प्राज्ञ सुलोचना मानन्धर र साहित्यकार देबु लुइँटेल सदस्य र

साहित्य सन्ध्याले रवीन्द्र समीरसहित पाँच साहित्यकारलाई सम्मान गर्दै

काठमाडौं : साहित्य सन्ध्याले हरेक वर्ष विभिन्न विधामा  प्रदान गर्दै आएका पुरस्कारबाट पुरस्कृतको नाम घोषणा गरेको छ। सन्ध्याले बिहीबार विज्ञप्ति जारी गरी पुरस्कृतहरूको नामावली सार्वजनिक गरेको हो।‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’, ‘साहित्य सन्ध्या–कृवा (कृष्णचन्द्र–बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान’, ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं निया