काठमाण्डौमा अझै १० दिन सभा/जुलुस लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा अझै १० दिनसम्म सभा/जुलुस, जात्रा महोत्सव, भोज भतेर लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आउँदो २० गतेसम्म निषेधाज्ञा थप गर्दै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न नपाउने निर्णय गरेको हो । यस्तै खुला ठाउँमा भेला हुन, नित्य पूजा बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भ...