त्रिवेणी समूहको एक साबुन उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बाराको परवानीपुर गाउँपालिका वडा नं ३ चैनपुरमा रहेको अन्नपूर्ण भेजिटेबल प्रालिको अमृत वनस्पति घ्यू उत्पादन गर्ने उद्योग परिसरभित्र रहेको मकालु सोप एण्ड केमिकल्स इण्डष्ट्रिजमा आगलागी भएको हो ।