अनियन्त्रित दोहनले दैलेखको तल्लो डुगेंश्वरस्थित कर्णाली राजमार्गअन्तर्गत कर्णाली नदीको पुल जोखिममा परेको छ । नदी आसपासमा अव्यवस्थित रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन हुँदा पुल जोखिममा परेको हो । पुलसँगै आसपासका गाउँ पनि बाढीको जोखिममा परेको स्थानीयको गुनासो छ ।