‘विप्लव’लाई खुल्ला पत्र

आदरणीय महासचिव कमरेड विप्लव पार्टीको पछिल्लो अवस्थाले गम्भीर बनाएपछि केही सुझाव दिन जरुरी ठानेँ । पार्टी यतिबेला इतिहासकै गम्भीर र सङ्कटपूर्ण मोडमा आइपुगेको छ । रक्तरञ्जित इतिहास बोकेको पार्टी सङ्कटमा पुग्नुले आज सहिद परिवार, घाइते र सबै क्रान्तिकारी, देशभक्त, मुक्तिकामीहरुलाई चिन्तित बनाएको छ । यसतर्फ थप गम्भीर बन्नैपर्छ ।यो पार्टी सबै नेता, कार्यकर्ता, शुभेच्छुक र आम श्रमिक वर्गको सामूहिक एवं सङ्घर्षपूर्ण मेहनतको उपज हो । प्रतिक्रान्तिले पैदा गरेको भयानक निराशाको तुवाँलो चिर्दै र पाइला पा