पोखराका मुख्य चोकमा पार्किङ निषेध : विकल्प दिन व्यापारीको माग

पोखराको मुख्य सडकका चोकमा मोटरसाइकल र गाडी पार्किङ गर्न पोखरा महानगरपालिकाले निषेध गरेको छ। महानगरपालिको निर्णय अनुसार मुख्य सहरी क्षेत्रको सडकमा पार्किङ गर्न पाइने छैन।

सम्बन्धित सामग्री

पार्किङ निषेधको निर्णयबाट पछि हट्यो पोखरा महानगर

कास्की । पोखरा महानगरपालिकाले पोखराका मुख्य सडक क्षेत्रमा गर्ने भनेको पार्किङ निषेध स्थगित गरेको छ । गत साता बसेको पोखरा महानगरको यातायात व्यवस्थापन समितिको बैठकले पोखराका मुख्य बजार क्षेत्रका सडकमा सोमवारदेखि सवारी पार्किङ पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको थियो । महानगरले उक्त निर्णय गरेपछि विभिन्न पेशागत व्यवसायीका संगठन, स्थानीय बासिन्दालगायतले विरोध गरेका थिए । विकल्प नदिई पार्किङ बन्द गर्न लागिएको भन्दै चौतर्फी विरोध भएपछि अर्काे व्यवस्था नभएसम्म पार्किङमा अहिले प्रयोग भइरहेको ठाउँ खुला गरिएको महानगरले बताएको छ । पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील संघसंस्था तथा सरोकारवालाको दबाबपछि महानगर सवारी पार्किङ निषेधको निर्णयबाट पछि हटेको हो । पार्किङ व्यवस्थापन गर्दै लैजाने निर्णय महानगरले गरेको छ । सडकमा पार्किङ निषेध गर्ने महानगरको निर्णयविरुद्ध आइतवार पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउन गएका थिए । तर, मेयर आचार्य पालिकाका प्रमुखहरूको बैठकमा जिल्लाबाहिर गएकाले उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए । व्यवसायीसँगको भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सरोकारवालासँग छलफल गरी निर्णय लिइने भन्दै हाललाई सडकमा पार्किङ बन्द गर्ने निर्णय स्थगन गरिएको जानकारी दिए । पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले पृथ्वीचोक–सभागृहचोक–न्युरोड–बिपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार र पृथ्वीचोक सडक खण्डमा सवारीसाधनको चाप बढेर आवागमन प्रभावित भएको तथा शहरी सौन्दर्यमा पनि असर परेको भन्दै सडकमा सवारी पार्किङ माघ २३ गतेदेखि पूर्णरूपमा निषेध गर्ने निर्णय गरेको थियो । महानगरले अन्डरग्राउण्ड पार्किङ स्थल तथा मुख्य सडकका आसपास पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेबापत महानगरले तोकेको भन्दा बढी शुल्क लिन नपाइने सूचना जारी गरेको थियो ।