म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको प्रदर्शनलाई दबाउने सेनाको प्रयास

काठमाण्डाै – म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको जनप्रदर्शनलाई सेनाले दबाउने प्रयास गरेको छ । म्यानमारका शहरका सडकमा सेना बख्तरबन्द गाडीसहित निस्कन थालेका छन् भने इन्टरनेट सेवा समेत बन्द गरिएको बीबीसीले जनाएको छ । केही ठाउँमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका खबर आए पनि औपचारिक रुपमा पुष्टि हुन भने बाँकी छ । म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा भएको सैन्य ‘कू’ को विरोधमा लगातार विरोध प्रदर्शन भइरहेको छ । यहि विरोध प्रदर्शन दबाउन सेना बख्तरबन्द गाडीसहित सडकमा निस्केका ह...