१० अर्बको सूचना महामार्ग परियोजना : निर्धारितभन्दा दोब्बर समय बित्यो, काम भने आधा मात्रै

पुस २८, काठमाडौं। मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने भन्दै शुरु भएको सूचना महामार्गको काम दोब्बर समय बितिसक्दासम्म आधा पनि सम्पन्न हुन सकेको छैन । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी २ वर्ष भित्र सक्ने गरि अगाडी बढाईएको यो आयोजना ४ वर्ष पुग्दासमेत सम्पन्न नभएको हो । सूचना महामार्गको निर्माण परियोजना तीन ओटा प्याकेजमा अगाडी बढाईएको थियो । प्याकेज १ अन्तर्गत प्रदेश नं १, २ र  बाग्मती प्रदेश को काम नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गरिरहेको छ ।  २ हजार १७९ किलोमिटर अप्टिकल फाईबर बिछ्याउन दुई वर्षको अवधि पाएको टेलिकमले ठेक्का पाएको चार वर्षसम्म पनि सम्पन्न गर्न सकेको छैन । टेलिकमले हालसम्म जम्मा ४७ प्रतिशत अर्थात् १ हजार २४ किलोमिटर मात्रै अप्टिकल फाईबर बिछ्याएको छ । त्यसमा  २७ ओटा डीडव्लुडीएम प्रणालीको जडान र  ४७ ओटा कोर राउटर जडान गरिएको प्राधिकरणले बताएको छ ।   प्याकेज २ अन्तरगत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा  यूनाइटेड टेलिकम (यूटिएल) ले दुई वर्षभित्र सम्पन्न गर्ने गरि सम्झौता गरेकोमा काम नै नगरेपछि मन्त्रीपरिषद्को निर्णयले यूटीएलबाट खोसेर नेपाल टेलिकमलाई नै दिईएको थियो । तर यूटीएलले सो ठेक्का आफूले नै पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा गएको थियो । रिट निवेदनको टुङ्गो नलागेसम्म सम्झौता अवधि थप नगर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले २०७६ वैशाखमै अन्तरिम आदेश जारी गरेको थियो । अदालतको अर्को निर्णय नआउँदा यो प्याकेजको काम भने शुरु नै हुन नसकेको हो । उक्त काम गर्न भन्दै यूटिएलले प्राधिकरणबाट ४० करोड २० लाख रुपैयाँ अग्रीम भुक्तानी लिइसकेको छ । प्याकेज ३ अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको काम स्मार्ट टेलिकमलाई दिईएको थियो । सम्झौता भएको निर्धारित समयसम्म पनि काम शुरु नगरेपछि सम्झौता रद्द गरिएको थियो । सोहि प्याकेज नेपाल टेलिकमलाई दुई वर्षभित्र सम्पन्न गर्ने गरी अर्को सम्झौता गरिएको थियो ।    सुस्त गतिमा अगाडी बढेको यो प्याकेजको उपकरण आपूर्ति भई केही स्थानमा जडान कार्यसमेत शुरु भएको प्राधिकरणले बताएको छ । दुई वर्षको अवधिमा २८ ओटा डीएमडीडव्लु उपकरण जडान गर्नुपर्नेमा २१ वटा  जडान गरिएको छ । अरु प्रगती भने केहि पनि भएको छैन ।   सूचना महामार्ग परियोजनाको सम्झौता रकम ९ अर्ब ८९ करोड १७  लाख रुपैयाँमध्ये प्याकेज १ को लागि नेपाल टेलिकमलाई ६१ करोड ५५ लाख रुपैयाँ अग्रिम भुक्तानी भएको छ ।   

सम्बन्धित सामग्री

स्याङ्जामा प्याजको मूल्य दोब्बर

स्याङ्जा– स्याङ्जामा प्याजको मूल्य दोब्बर भएको छ । गत हप्ता प्रतिकेजी ६० देखि ६५ रुपैयाँसम्म रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सयदेखि ११० रुपैयाँसम्म बिक्री गरिएको छ । स्थानीय बिक्रेताले अस्वाभाविक रुपमा मूल्य वृद्धि गरेपछि प्याजको मूल्य झण्डै दोब्बर भएको हो । ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म खरिद गरेको प्याजको मूल्य एक्कासि वृद्धि भएपछि स्थानीय […]

गत वर्षको औसत मूल्य वृद्धि दोब्बर

गत आर्थिक वर्षमा वार्षिक औसत मूल्य वृद्धि गतवर्ष भन्दा दोब्बर पुगेको छ।

नेपाल विश्वमै दोब्बर बाघको हकदार

काठमाडौं । नेपाल विश्वमै बाघ दोब्बर मुलुक बन्न सफल भएको छ । अन्तर्राष्ट्रिय समुदायमाझ गरेको बाघ दोब्बर बनाउने लक्ष्य नेपालले पूरा गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ देशमाझ गरेको बाघ संख्या दोब्बर पार्ने नेपालको लक्ष्य पछिल्लो गणनाबाट पूरा भएको विभागको महानिर्देशक डा. […]

समृद्धि फाइनान्सको पैसा दोब्बर हुने योजना

समृद्धि फाइनान्सले रेमिट्यान्स मुद्दती निक्षेपको योजनाअन्तर्गत पाँच वर्ष सात महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथसाथै फाइनान्सले नौ वर्षमा पैसा तेब्बर, १४ वर्षमा पैसा पाँच गुणा...

ललितपुर महानगरमा चिरिबाबुको दोब्बर अग्रता

ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बर अग्रता लिएका छन्। पछिल्लो मतगणना अपडेट अनुसार महर्जनले ८ सय ७७ मत प्राप्त गरेका छन्। सोहि अवधिमा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४ सय २ मत...

सनराइज बैंकको 'सनराइज दोब्बर मुद्दती' योजना सञ्चालनमा

बैंकले ७७ महिनामा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सकिने 'सनराइज दोब्बर मुद्दती' नामको नयाँ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको हो ।

सनराइज बैंकको मुद्दती योजना, ७७ महिनामा दोब्बर

सनराइज बैंकले दोब्बर मुद्दती योजना ल्याएको छ । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा न्यूनतम १ लाख रुपैयाँ जम्मा गरी मुद्दती खाता खोल्न सकिने छ । यो योजनाअन्तर्गत जम्मा भएको रकम ७७ महिनामा दोब्बर भएर शत प्रतिशत प्रतिफल ग्राहकले पाउने बैंकले जनाएको छ । बैंकका अनुसार मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० […]

पाटेबाघको सङ्ख्या किन दोब्बर बढाउन खोजिँदैछ ?

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज (आइतबार) देखि पाटेबाघ (रोयल बंगाल टाइगर) गणना थालेको छ । यो पटक गणना गर्दा नेपालमा बाघको सङ्ख्या २५० पुग्ने अपेक्षा सरकारले राखेको छ, जुन सन् २००९ मा फेला पारिएकाभन्दा दोब्बर हुन आउँछ । सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पार्न सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता नै गरेको छ । सरकारले नेपालमा पाटेबाघको सङ्ख्या किन दोब्बर बनाउँदैछ त ? यसको प्रमुख कारण हो – बिरालो प्रजातिको सबैभन्दा ठूलो यो सुन्दर प्राणीलाई लोप हुनबाट बचाउनु । अन्तर्राष्ट्र

गण्डकीमा सङ्क्रमितभन्दा दोब्बर निको

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थपिएका कोरोना सङ्क्रमितको दोब्बर सङ्ख्यामा निको भएका छन् । यस अवधिमा ३२८ सङ्क्रमित थपिएका छन् भने त्यसको दोब्बर ६५६ जना निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।          पछिल्लो २४ घण्टामा प्रदेशमा सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । मृत्यु हुनेमा कास्कीका छ, तनहुँ, पर्वत र म्याग्दीका एक÷एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई...

अक्सिजनको माग उत्पादनभन्दा दोब्बर

काठमाडौँ / नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ ।  कोभिड–१९  संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक