चुनावको मुखमा माझीद्वारा राप्रपा परित्यागको घोषणा

राप्रपाकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य रिता माझीले पार्टी परित्यागको घोषणा गरेकी छन् । आइतबार एक विज्ञप्तिमार्फत उनले पार्टी परित्यागको घोषणा गरेकी हुन् । चुनावको मिति नजिकिँदै जाँदा सो पार्टीको जनप्रतिनिधिले नै पार्टी छाडेकी हुन् । वर्तमान आवश्यकतालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन असफल भएको उनको दाबी छ । साँघुरो सोच र व्यवहार , सङ्किर्णता, अहंकार ,कुण्ठा अनि पूर्वाग्रह प्रेरित भावनाबाट नेतृत्व तह अघि बढ्नुलाई आम कार्यकर्ताले अस्वभाविक रुपमा लिएको भन्दै उनले &nbs