नागरिक विधेयक फिर्ता लिने सरकारको निर्णयको नेकपा एमाले सांसदहरुले विरोध गरेका छन् । प्रतिनिधिसभा बैठक बोल्दै उनीहरुले लामो छलफलपछि समितिबाट संसदमा प्रस्तुत भएको विधेयक फिर्ता लिँदा शून्यबाट सुरु हुने हुँदा चालु संसदबाट पारित हुने सम्भावना कम भएको बताए ।