अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० बेल्टारीका क्यान्सर रोगी प्रेमबहादुर थापाको उपचारका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।
अर्घाखाँचीबाट रोजगारीमा गएकाहरूको साझा संस्था अर्घाखाँची कोरिया सम्पर्क समितिकाे पहलमा सङ्कलन भएको ८३ हजार रुपैयाँ क्यान्सर रोगी थापालाई हस्तान्तरण गरिएको हो ।
घरको आर्थिक अवस्था कमजोर भएपछि उपचारमा समस्या भएको जानकारी पाएपछि अर्घाखाँची कोरिया सम्पर्क समितिको सल्लाहकार बाबुराम आचार्यको संयोजकत्वमा आर्थिक सहयोग अभियान नै सञ्चालन गरिएको थियो । आचार्यको पहलमा को...