सोलुखुम्बुका पत्रकारलाई आत्मरक्षा तालिम दिँदै प्रहरी

सोलुखुम्बु – सोलुखुम्बुमा कार्यरत क्रियाशील पत्रकारहरूलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आत्मरक्षा तालिम दिन थालेको छ । पत्रकारहरूले समाचार सङ्कलनका क्रममा सामना गर्नुपर्ने असुरक्षालाई मध्यनजर गर्दै आज (सोमवार) देखि प्रहरीले तालिम दिन सुरु गरेको हो ।  आज प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कट्वालसहितको टोली सञ्चार गृहमै पुगेर पत्रकारहरूलाई तालिम दिएकाे हाे । सदरमुकाममा सञ्चालित सोलु एफएमबाट सुरु भएको तालिम अन्य सञ्चार गृहहरूमा पनि सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  समा...