निजीकरणपछि एयर इन्डियाको कायापलट, टाट पल्टिएको कम्पनीले किन्दै छ अर्बौं डलरमा सयौं विमान

काठमाडौं । भारतको बहुराष्ट्रिय व्यापारिक घराना टाटा समूहले घाटामा चुर्लुम्म डुबेको सरकारी विमान सेवा प्रदायक कम्पनी एयर इन्डियाको स्वामित्व लिएपछि अहिले कायाकल्प फेरिएको छ । सरकारी स्वामित्वमा हुँदा ऋणको भारी बोकेर टाट पल्टिएको कम्पनीले ४०० न्यारोबडी र १०० वाइडबडी विमान किन्ने हल्ला बजारमा अहिले निकै चुलिएको छ । केही सञ्चार माध्यमहरूका अनुसार कम्पनीले यही महीनाको अन्त्यतिर विमानका लागि विमान निर्माता कम्पनीहरूलाई अर्डर दिने तयारीमा छ । विमान निर्माता कम्पनीहरूले भारी छूट दिँदा पनि ती विमानको लागि एयर इन्डियाले १० औं अर्ब डलर मूल्य खर्च गर्नुपर्नेछ ।  सरकारले विगत दुई दशकभन्दा बढी समयमा तीन पटक एयर इन्डिया बेच्ने प्रयास गरेको थियो । तर कतैबाट उद्धार हुन सकेन । कम्पनीको संस्थापक कम्पनी टाटा ग्रुपले नै अन्ततः कम्पनीको उद्धार गरिदियो । सन् १९५३ मा एयर इन्डिया राष्ट्रियकरण भएपछि चार दशकसम्म यसले भारतीय हवाई सेवा क्षेत्रमा एकछत्र राज गरेको थियो ।  सन् १९९० को दशकको मध्यदेखि उड्डयन क्षेत्रमा निजी कम्पनीहरूको प्रवेश शुरू भएपछि प्रतिस्पर्धा चर्किन थाल्यो । प्रतिस्पर्धा गर्न नसकेर कम्पनीले बिस्तारै बजार हिस्सा गुमाउन थाल्यो । सन् २००० को मध्यदेखि भने वित्तीय अप्ठ्यारा चुलियो । २००८ को विश्वव्यापी वित्तीय संकटले कम्पनीलाई धराशयी बनाइदियो । २००० तिरै अटल बिहारी बाजपेयी नेतृत्वको सरकारको निजीकरण र लगानी फिर्ता गर्ने बृहत प्रयासअन्तर्गत एयर इन्डियाको ४० प्रतिशत हिस्सा बेच्न खोजिएको थियो । टाटा ग्रुपसहित सिंगापुर एयरलाइन्सले पनि सो स्वामित्व किन्न रुची देखाएको थियो । तर श्रम संगठनहरूबाट भएको निजीकरणको विरोध पछि सिंगापुर एयरलाइन्सले हात झिक्यो । लगानी फिर्ता ल्याउने सरकारी योजना बीचमै तुहियो । त्यसयता पनि पटक पटक कम्पनीको निजीकरणको प्रयास भए । तर हरेक पटक प्रयास असफल भयो । कुनै बेला त कम्पनी किन्न इच्छुकका लागि भनेर खुलाएको बोलपत्रमा एउटै पनि बोलकबोल परेन ।  सन् २०१९ को मार्चसम्ममा कम्पनीको कूल कर्जा ६ खर्ब ७४ अर्ब रुपयामा उक्लिसकेको थियो । सन् २०२१ मा टाटा ग्रुप १ खर्ब ८० अर्ब रुपयामा कम्पनी किन्यो । टाटाले १ खर्ब ५३ अर्ब ऋण भुक्तानी गरिदिने अनि २७ अर्ब भने नगद नै दियो । टाटाको स्वामित्वमा आएयता कम्पनीमा व्यापक पुनःसंरचना भएको छ । महामारीको प्रभावबाट अर्थतन्त्र उब्रिदै गर्दा घरेलु बजारमा मात्रै होइन विश्व बजारमा पनि हवाई यात्राको माग सुध्रिएको छ । टाटाले एयर इन्डियालाई विश्वस्तरीय विमान सेवा प्रदायक बनाउने वाचा गर्दै कम्पनीमा हात हालेको थियो ।  टाटाले एयर इन्डियामा सिंगापुर एयरलाइन्ससँगको ज्वाइन्ट भेञ्चरमा खोलेको अर्को विमान सेवा प्रदायक कम्पनी विस्तारा मर्ज गर्ने घोषणा गरेको केही महीनामै सयौं थान विमान अर्डर गर्न लागेको छ । नयाँ अर्डरले टाटाको उड्ययन व्यवसायमा २१८ उडान थपिनेछ । यसले एयर इन्डियालाई देशको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय हवाई सेवा प्रदायक बनाउनेछ भने घरेलु हवाई यात्रा बजारमा पनि इन्डिगोपछि दोस्रो ठूलो कम्पनी बनाउनेछ ।  अन्तरराष्ट्रिय र घरेलु हवाई सेवामा एयर इन्डियाले ठूलो हिस्सा आफ्नो पोल्टामा पार्न खोजेको छ । ५०० विमानको डेलिभरी कम्पनीले आगामी दशकभित्र मात्रै पूरा पाउनेछ । यी विमानहरूलाई कम्पनीले अहिलेका थोत्रा विमानलाई विस्थापित गर्न र तीव्र गतिमा विस्तार भइरहेको अन्तरराष्ट्रिय हवाई यात्रा बजारमा नयाँ उडानका लागि प्रयोग गर्नेछ ।  तर विश्व बजारमै आफ्नो उपस्थिति बलियो बनाउने कम्पनीको योजनामा कयौं अवरोधहरू रहेको विज्ञहरू बताउँछन् । कम्पनीलाई वृद्धि हासिलमा ठूलै कसरत गर्नु पर्ने उनीहरूको राय छ । भारतको कमजोर पूर्वाधार, पाइलटको चरम अभाव र खाडी एवम् अन्यत्रका स्थापित विमान सेवा कम्पनीहरूबाट चर्को प्रतिस्पर्धाका कारण कम्पनीको सो सपना साकार हुने बाटोमा कयौं तगारोको सामना गर्नु पर्ने देखिन्छ ।  एजेन्सीहरूको सहयोगमा 

सम्बन्धित सामग्री

चोभार सुक्खा बन्दरगाहको व्यवस्थापन निजी कम्पनीले गर्ने

चोभारको सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीले गर्ने भएको छ।

दुई हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने भएको छ । यसअघि कम्पनीले आफ्नो जारी पुँजी तीन […]

पाँच कम्पनीले गरे लाभांश प्रस्ताव

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत पाँच कम्पनीले आफ्ना सेयरधनीका लागि लाभांश प्रस्ताव गरेका छन् । गत आर्थिक वर्ष ०७८/७९ को वितरणयोग्य मुुनाफाबाट लाभांश बाँड्ने भएका हुन् । नेप्सेमा १३ वटा समूूहमा सूचीकृतमध्ये पाँच...

सान्जेन हाइड्रोपावर कम्पनीले आइपिओ निष्कासन गर्ने

सान्जेन हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितको लागि आइपिओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री गर्न लागेको हो ।जिल्लावासीका लागि सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो ।कम्पनीले रसुवाको आमाछोदिङ्मो–५, चिलिमेमा १४.८ मेगावाट क्षम

पाकिस्तानमा रहेको चिनियाँ कम्पनीले काम रोक्यो

एजेन्सी, ११ जेठ । पाकिस्तानबाट चीनमा धातु निर्यात गर्ने एक चिनियाँ कम्पनीले काम रोकेको छ । उक्त कम्पनीले बेइजिङमा तामा, एल्मुनियम र फलाम निर्यात गर्दै आएको छ । ग्वादार शहरमा रहेको एच के सन्स कम्पनीले काम रोकेको मिडिया रिपोर्टमा उल्लेख छ । कम्पनीले यूरोपलगायत देशहरुबाट मेशिनरी सामानको आयात पनि गर्दै आएको थियो । कम्पनीले बलोचिस्तानमा […]

खाद्य कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउने भएको छ । व्यापार कम्पनीले ३ करोड २० लाख रुपैयाँमा २ हजार खसीबोका खरिद गरी काठमाडौंमा ल्याउन लागेको हो । कम्पनीले यस वर्षको दसंैमा च्यांग्रा भने नल्याउने भएको छ । विगतमा कम्पनीले दसैंका लागि खसीबोका र च्यांग्रा दुवै ल्याउने गरेको थियो । […]

खाद्य कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउने भएको छ । व्यापार कम्पनीले ३ करोड २० लाख रुपैयाँमा २ हजार खसीबोका खरिद गरी काठमाडौंमा ल्याउन लागेको हो । कम्पनीले यस वर्षको दसंैमा च्यांग्रा भने नल्याउने भएको छ । विगतमा कम्पनीले दसैंका लागि खसीबोका र च्यांग्रा दुवै ल्याउने गरेको थियो । […]

पुनर्विमा कम्पनीले परिमार्जन गर्यो लाभांश प्रस्ताव

नेपाल पुनर्विमा कम्पनीले प्रस्तावित बोनस सेयर र नगद लाभांश परिमार्जन गरेको छ । कम्पनीले यसअघि २०७८ असार महिनामा बसेको सञ्चालक समितिको बैठकबाट १६.५० प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।कम्पनीले आफ्नो वितरण योग्य नाफा र सेयर प्रिमियमबाट चुक्ता पुँजी १० अर्ब को उक्त लाभांश प्रस्ताव गरेको थियो । तर, बीमा समितिले पत्र काटेपछि कम्पनीले आफ्नो पहिलाको लाभांश प्रस्ताव परिमार्जन गरेको जनाएको छ । समितिले पत्रमार्फत आयकर सम्पत्ति खर्च व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट

दुई लाख क्विन्टल खाद्यान्न बेच्यो खाद्य कम्पनीले

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले एक वर्षमा २ लाख क्विन्टल खाद्यान्न बिक्री गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७७-०७८ मा सुगम तथा दुर्गम जिल्लामा २ लाख ६ हजार ७२१ क्विन्टल चामल बिक्री गरेको हो । कम्पनीले धान चामल, गहुँ खरिद गरेर व्यापार गर्दै आएको छ । सरकारी स्वामित्वमा रहेको कम्पनीले बजार मूल्यभन्दा सुपथ मूल्यमा बिक्री […]

आईपीओ निष्कासनका लागि दुई कम्पनीले बोर्डमा दिए निवेदन

पछिल्लो समय दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत कम्पनीले पछिल्लो समय आईपीओ निष्कासन गर्नका बोर्डमा निवेदन दिएका हुन् ।  लघुवित्तले बैशाख १३ गते र दार्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते आईपीओ निष्कासनको निवेदन दर्ता गराएको हो । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता र दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासनको तयारी गरेका हुन ।  लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा नेपाल ए...