काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेश सभा सदस्यसँग स्पष्टीकरण मागेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले राजु बिष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङलाई १२ घण्टाभित्र जवाफ पेस गर्न निर्देशन दिएको हो। उनीहरू पार्टीको निर्णय तथा निर्देशन विपरीत प्रदेश सरकारमा मन्त्री बनेको राप्रपाको भनाइ छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन […]