नेपालगञ्ज (बाँके), १९ असोज । कुकुर तथा अन्य जनावरको टोकाइबाट बच्न कोहलपुर नगरअस्पतालले आजदेखि नियमित एआरभी सेवा सञ्चालनमा ल्याएको छ । यसअघि कोहलपुरवासी सो सेवा लिन नेपालगञ्जस्थित भेरी अस्पताल पुग्नुपर्ने बाध्यता थियो । नगर अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश विश्वकर्माले रेबिजको जोखिममा परेका सेवाग्राहीले नगर अस्पतालबाटै एआरभी सेवा लिन सक्ने बताए । जनावरले टोकेमा उपचारमा ढिलाइ […]