कास्कीको मार्दी खोलामा पानीको सतहले सतर्कता तह पार गर्‍यो

काठमाडौं– कास्कीको मार्दीखोलाले पानीको सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार मार्दीखोला लाहाचोक कास्कीमा रहेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।  अविरल वर्षाका कारण मार्दी खोलामा पानीको मात्रा बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदि आसपास डुबान भइरहने ठाउँका बासिन्दाहरूले शनिबार बिहानसम्म सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।