डोल्मा इम्प्याक्ट फन्डको कर छुट विवादमा अर्थमन्त्रीको निर्णय उल्टो दिशातर्फ

मोरिससमा दर्ता भएको डोल्मा इम्प्याक्ट फन्डले नेपालमा गरेको लगानीमा पुँजीगत लाभकर छुट दिन अर्थ मन्त्रालयले चालेको कदम गम्भीर विवादमा परिरहेको छ। आन्तरिक राजस्व विभाग (आईआरडी)ले गत असोज २८ गते नै पुँजीगत लाभकर छुट दिने निर्णय गरी सीडीएस एन्ड क्लियरिङ हाउसलाई पत्र पठाइसकेपछि मन्त्रीस्तरबाट सो निर्णयलाई मन्त्रिपरिषद्मार्फत वैधानिकता दिलाउन गरिएको प्रयास उल्टो बाटोको रूपमा चिनिएको छ। […]