नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। शनिबार असोज ३१ गते ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित समारोहमा निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले उनलाई शपथ गराएका हुन्। न्युज एजेन्सी नेपालका अनुसार समारोहमा ब्राह्मणहरूले स्वस्ति तथा वैदिक मन्त्रोच्चारण गरेका थिए। निर्वाचन समितिका संयोजक खड्काले थापालाई निर्वाचित भएको प्रमाणपत्रसमेत हस्तान्तरण गरे। कांग्रेसले […]