सिद्धबाबा सुरुङमार्गमा आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी, सञ्चालनको मिति तय

निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिर १५ गतेभित्र सवारी सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको छ। सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्‍याउने गरी काम गरिरहेको जनाएको छ। आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भइसकेको छ। हाल सडकको पिच सकेर रङरोगन […]