विश्वलाई आश्चर्यमा पार्ने जापानी छलाङ

सन् १९४५ अगस्ट ६ र ९ को त्यो भयानक बिहानी, जसले मानवताको इतिहासमै सबैभन्दा कालो र कारुणिक दाग छोड्यो । अमेरिकाले हिरोसिमा र नागासाकीमा खसालेका दुईवटा परमाणु बमका ज्वालाहरूले केही सेकेन्डभित्रै दुई लाखभन्दा बढी निष्पाप आत्माहरूलाई खरानी बनाएका थिए । सहरहरू मसानघाटमा परिणत भए, कलकारखाना र पूर्वाधारहरू धुलोमा मिले, र साम्राज्यवादी जापान घुँडा टेक्न बाध्य […]