इन्द्रसरोवर दुर्घटना : मृतक चारै जनाको पहिचान खुल्यो

काठमाडौँ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा मंगलबार दिउँसो भएको भएको दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरअनुसार मृत्यु हुनेमा नवलपरासीपूर्व कावासोतीका २४ वर्षीय नरबहादुर सिंह, धनुषाका ४३ वर्षीय सुरज भट्टराई, पर्साका ४४ वर्षीय भुवनेश्वर साह कानु, र बाराका ३२ वर्षीय सरफरोस मियाँ रहेका छन्। शवलाई हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। […]