बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा

काठमाडौँ – केन्द्रको सत्ता गठबन्धन फेरबदल हुने भएपछि बागमती प्रदेशका छ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन्। नेकपा (एमाले) का छ जना मन्त्रीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाएका हुन्। एमालेका तर्फबाट कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण […]