समुद्रमै स्वास्थ्य संकट: जहाजमा फैलिएको भाइरसले तीनको ज्यान लियो, डब्लुएचओद्वारा अनुसन्धान सुरु

एटलान्टिक महासागरमा सञ्चालित एक क्रुज जहाजमा दुर्लभ ‘हान्टाभाइरस’ संक्रमण फैलिँदा तीन जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका अनुसार अन्य केही व्यक्तिहरू पनि यसबाट बिरामी परेका छन्। मृत्यु हुनेमध्ये पहिलो व्यक्ति ७० वर्षीय पुरुष हुन्, जसको जहाजमै निधन भएको थियो। उनको शव दक्षिण एटलान्टिकस्थित सेन्ट हेलेना टापुमा ओारिएको थियो। […]