विद्युत् प्राधिकरणको केन्द्रीय वर्कसपद्वारा सात महिनामा ९ सय ट्रान्सफर्मर मर्मत

कर्मचारी अभावका बाबजुद नेपाल विद्युत् प्राधिकरण अन्तर्गत मकवानपुरको हेटौँडास्थित केन्द्रीय वर्कसपले चालु आर्थिक वर्षको सात महिनामा करिब ९ सय ट्रान्सफर्मर मर्मत गरेको छ। वर्कसपका प्रमुख इन्जिनियर राजकुमार श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म विभिन्न जिल्लाबाट बिग्रिएर आएका ट्रान्सफर्मर मर्मत गरी सम्बन्धित स्थानमा फिर्ता पठाइएको हो। उनका अनुसार कर्मचारी अभाव र केही समय आवश्यक […]