म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको स्तरोन्नति भइरहेको छ । विसं २०६४ मा कृषि सडकका रूपमा म्याग्दीको बेनीबजारबाट बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली जोड्ने नौ किलोमिटर सडकको ट्रयाक खुलेकामा अहिले स्तरोन्नति भइरहेको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाका रूपमा हाँडेभिर–बगरफाँट–भकिम्ली सडक आयोजना छनोट भएको हो […]