मोरङ - ओखलढुङ्गाकी कल्पना मगर मोरङको बुढीगङ्गा गाउँपालिकाको नेमुवामा रहेको कार्टुन उद्योगमा काम गर्नुहुन्छ । एक वर्षदेखि नियमित रुपमा काम गर्दै आउनुभएकी मगर विगत डेढ महिनादेखि कामबाट वञ्चित हुनुभएको छ । लकडाउनको कारण देखाउँदै उद्योगले सबै मजदुरलाई घर पठाएको छ । घर हुनेले आफ्नो घरमा बसेका छन् । मगर भने बालबच्चा लिए...