चौरजहारी नगरपालिकाले पीसीआर परीक्षणबापतको डेढ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी

रुकुम पश्चिम – चाैरजहारी नगरपालिकाले सञ्चालन गरेको आरटी/पीसीआर परीक्षण प्रयोगशालामा कोरोना परीक्षणका लागि स्वाब परीक्षण गराएका विभिन्न पालिकाले परीक्षणबापतको शुल्क दिएका छैनन् । परीक्षणका लागि स्वाब पठाएका रुकुम पश्चिम र छिमेकी जिल्ला सल्यान, जाजरकोट र रुकुम पूर्वका पालिकाले एक करोड ६१ लाख ७२ हजार रुपैयाँ चौरजहारी नगरपालिकालाई दिन बाँकी रहेको चौरजहारी नगरपालिकाले जनाएको छ ।   चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले अप्ठ्यारो बेलामा गरेको कामलाई अन्य सरकारले समेत साथ नदिएको बताउनुभयो । महामारीक...