सुकुम्बासी बस्तीमा भएको झडपमा परी घाइते भएका नगर प्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

काठमाडौँ- थापाथलीका सुकुम्बासी र काठमाडाैँ महानगरका नगर प्रहरीबीचको झडपका क्रममा घाइते भएका सबैजनाको नर्भिक इन्टरनेसनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ। सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अवैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरुको टोलीसँग सुकम्बासीको झडप भएको थियो। सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए। घाइतेहरूलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालमा ल्याइएको थियो। अस्पतालले […]

सम्बन्धित सामग्री

नर्भिकद्वारा थापाथलीका घाइते नगर प्रहरीको निःशुल्क उपचार

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथली घटनामा घाइते भएका नगर प्रहरीहरुको निःशुल्क उपचार गरिदिएको छ । थापाथलीस्थित सुकुम्बासीबस्तीका स्थानीयले गरेको प्रतिरोधका क्रममा ३४ जना नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए । घाइते भएका नगर प्रहरीलाई उपचारका लागि नर्भिक इन्टरनेशनल हस्पिटल पुर्‍याइएको थियो । अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगर प्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिएको […]

सुकुम्बासी बस्तीमा भएको झडपका घाइते नगर प्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

थापाथलीका सुकुम्बासी र काठमाडौँ महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबै जनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरेको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अवैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरुको टोलीसँग सुकम्बासीको झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए । घाइतेहरुलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमेरजेन्सीमा ल्याइएको थियो । अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगरप्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिदि

सुकुम्बासी बस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

काठमाडौं । थापाथलीका सुकुम्बासी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबैजनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अबैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरुको टोलीसँग सुकम्बासीको झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए । घाइतेहरुलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमेरजेन्सीमा […]

अक्सिजन प्लान्ट विस्फोट : सरकारले छानबिन गर्ने

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले पाटन औद्योगिक क्षेत्रमा ग्यास प्लान्ट विस्फोट भएर ज्यान गुमाएका परिवारलाई सरकारले क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार गर्ने बताएका छन् । साथै उनले सरकाले प्राविधिकसहितको टोलीले घटनाको छानबिन गर्ने बताए । बिहीबार बिहान सगरमाथा अक्सिजन प्लान्ट क्षेत्रमा भएको विस्फोटमा परि एक जनाको मृत्यु भएको छ ।  घटनामा ५ जना घाइते भएका छन् । घटनालगत्तै मन्त्री बडु घटनास्थल पुगेर स्थलगत अवलोकन गरेका थिए । त्यसक्रममा उनले घटना दुर्भाग्य र

संखुवासभा बस दुर्घटनाः मृतक परिवारलाई १ लाख राहत, घाइतेको निःशुल्क उपचार

काठमाडौं, फागुन २८ । संखुवासभाको मादी नगरपालिकामा बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ। प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीका अनुसार दुर्घटनामा मृत्यु भएका यात्रुका परिवारलाई एक लाख रुयैयाँ उपलब्ध गराइने छ । दुर्घटनामा घाइते भएका यात्रुको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने भएको […]

बेमौसमी वर्षा : मुलुकका २६ ओटा जिल्ला नराम्ररी प्रभावित

कात्तिक ७, काठमाडौं । मनसुन सकिएको हप्तापछि बंगालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट मुलुकका २६ ओटा जिल्ला नराम्ररी प्रभावित भएको छ । ती जिल्लाले भौतिक तथा मानवीय क्षतिसमेत बेहोरेको छ ।  सात ओटा प्रदशेमध्ये सबैभन्दा बढी प्रदेश नं १ ले मानवीय क्षति बेहोरेको छ । त्यसपछि सुदूरपश्चिम प्रदेशमा मानवीय क्षति भएको छ । यसपालि नेपालमा पानी पार्ने प्रणालीको संयुक्त प्रभाव असोज ३१ बाट शुरु भएको थियो । सो प्रणाली कात्तिक ३ सम्म रह्यो । त्यसको छिट्फुट प्रभाव अहिले पनि कायमै रहँदा मौसम बदलीकै क्रममा छ ।  पहिलो दुई दिन सुदूरपश्चिम प्रदेशमा असर गरेको थियो भने त्यसको अर्को दुई दिन प्रदेश नं १ लाई प्रभावित बनाएको थियो । प्रदेश नं २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा भने न्यून क्षति भएको छ । ती प्रदेशका एकाध जिल्लाले मात्रै क्षति बेहोर्नुपर्‍यो । गृह मन्त्रालयबाट आइतवार प्राप्त पछिल्लो तथ्यांकमा ती जिल्लामा कुल ११७ जनाले ज्यान गुमाएको पुष्टि भएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए । यसअघि १११ जना मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । पछिल्लो चौबिस घण्टामा बेपत्ता भएकामध्ये ५ जनाको शव फेला परेको हो ।  अझै ३२ जना हराइरहेका छन् । मृत्यु हुनेमा ५७ पुरुष, ३५ महिला र २५ बालबालिका छन् । बेपत्ता हुनेमा १३ पुरुष, सात महिला र १२ बालबालिका छन् । कुल ४४ जना घाइते भएका र उनीहरूमध्ये कतिपय उपचारपछि घर फर्किएका छन् भने केहीको उपचार जारी छ । कुल ३० घर आंशिक र ११८ घर पूर्ण क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ । जलवायु परिवर्तन विज्ञ डा ङमीन्द्र दाहाल बेमौसममा यति ठूलो वर्षा हुनु जलवायु परिवर्तनको असर भएको बताउँछन् ।  प्राप्त विवरणअनुसार मुलुकका विभिन्न ठूला आठ राष्ट्रिय राजमार्गमा क्षति पु¥याएकामा अझै ६ ओटा सञ्चालनमा आउन सकिरहेको छैन । सडकको भौतिक पूर्वाधारमा मात्रै एक अर्ब पाँच करोड क्षति भएको प्रारम्भिक विवरण छ ।  धानबाली तथा अन्य भौतिक क्षतिको विषयमा विवरण संकलन जारी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ । सरकारले यसअघि नै घाइतेको निःशुल्क उपचार गर्ने र मानवीय क्षति बेहोरेका परिवारलाई राहत दिने घोषणा गरिसकेको छ । प्रदेश नं १ मा सबैभन्दा बढी क्षति प्रदेश नं १ मा धनकुटा मोरङ, सुनसरी, पाँचथर, इलाम, भोजपुर, ओखलढुंगा, संखुवासभा, सोलुखुम्बु र उदयपुरमा वर्षाको ठूलो प्रभाव परेको थियो । प्रदश नं १ मा ६७ जनाको मृत्यु भएको छ भने सातजना बेपत्ता छन् ।  यस प्रदेशको पाँचथरमा सबैभन्दा बढी ३० जनाको मृत्यु भएको छ । त्यसपछि  इलाममा १४, सुनसरीमा १० र धनकुटामा पाँचजनाले ज्यान गुमाएका छन् । बेपत्ता हुने सबैभन्दा बढी चारजना पनि पाँचथरका छन् । प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनीमा कम क्षति प्राप्त विवरणअनुसार मुलुकका चार प्रदेश (प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा) भने बाढी, पहिरो र डुबानबाट तुलनात्मकरूपमा कम क्षति भएको छ । प्रदेश नं २ मा सप्तरी जिल्लालाई मात्रै प्रभावित बनाएको छ । उक्त जिल्लामा बाढीमा परेर एक बेपत्ता भएका छन् । वाग्मती प्रदेशको सिन्धुली प्रभावित भएको जानकारी दिइएको छ । सिन्धुलीमा बाढीबाट एकजनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्व (नवलपुर) मा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको प्यूठानमा मात्रै क्षति गराएको छ । प्राप्त विवरणअनुसार उक्त जिल्लामा दुईजनाको मृत्यु भएको र एकजना बेपत्ता रहेको जानकारी दिइएको छ । कर्णालीका पाँच ओटा जिल्ला प्रभावित कर्णाली प्रदेशका पाँच ओटा जिल्ला प्रभावित भएको छ । ती जिल्लामा ८ जनाको मृत्यु, चार घाइते र एक बेपत्ता रहेका छन् । प्राप्त विवरणअनुसार कालीकोटमा एक, हुम्लामा ६ र सल्यानमा एकजनाको मृत्यु भएको छ ।  जुम्लामा एक बेपत्ता छन् भने सुर्खेत र कालीकोटमा गरी चार जना घाइते  छन् ।   यस्तो छ सुदूरपश्चिमको क्षति  सुदूरपश्चिम प्रदेशका सात जिल्ला प्रभावित भएको छ । ती जिल्लामा ३७ जनाको मृत्यु भएको छ भने २२ बेपत्ता छन् । १७ जना घाइते छन् । सबैभन्दा बढी डोटीमा १६ र बझाङमा १२ जनाको मृत्यु भएको छ । यस्तै बैतडीमा चार, डडेलधुरामा तीन तथा अछाम र कैलालीमा एक–एकजनाको मृत्यु भएको छ । बझाङमा अझै १९ जना हराइरहेका छन् । डोटी र कैलालीमा एक–एकजना बेपत्ता छन् । रासस

कञ्चनपुर घटनाका घाइतेको निःशुल्क उपचार हुन्छ : गृहमन्त्री :: Pahilopost.com

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनामा परेर घाइते भएका आन्दोलनकारीको स्वास्थ्योपचार सरकारले गर्ने बताएका छन्।  कञ्चनपुरमा आन्दोलनका क्रममा घाइते भएर त्रिभुवन शिक्षण अस्पतालमा उपचार गरिरहेका अर्जुन भण्डारालाई आज अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आन्दोलनको क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने बताएका हुन्।  बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई

तिलाठी घटनाका घाइतेलाई निःशुल्क उपचार गर्ने सरकारको घोषणा

काठमाडौं, १७ साउन– सरकारले सप्तरीको तिलाठीस्थित नेपाल–भारत सीमामा भारतीयसँगको प्रतिकारमा घाइते भएका नेपालीको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । सोमबार व्यवस्थापिका संसद बैठकमा सभामुखसँग समय लिएर बोल्दै कामचलाउ सरकारका गृहमन्त्री भीम रावलले घाइतेहरुको निःशुल्क उपचारका लागि निर्देशन दिइसकिएको बताएका हुन् । भारतीयको प्रतिकारका क्रममा देवनारायण यादवसहित ७ जना घाइते भएकोमा उपचारपछि ४ जना घर …