गत सोमवार अमेरिकाको रक्षा मन्त्रालयले सार्वजनिक गरेको ग्लोबल पोस्चर रिभ्युले अमेरिका थप युद्धहरूमा संलग्न रहने स्पष्ट संकेत दिएको छ ।
महिनौंको विश्लेषण र अमेरिकाका विभिन्न सरकारी निकायहरूबीचको समन्वयका आधारमा यो समीक्षा तयार पारिएको अमेरिकाको रक्षा मन्त्रालयको कथन छ । राष्ट्रिय सुरक्षा रणनीतिको मस्यौदा तयार पार्नका लागि यस समीक्षाले योगदान गर्नेछ । प्रतिस्पर्धी मुलुकहरू चीन र रुसलाई फाइदा पुग्न सक्ने आकलन गर्दै उक्त समीक्षाको पूर्ण प्रतिवेदन सार्वजनिक गरिएको छैन ।
प्रतिवेदनको रूपरेखाका बारेमा अमेरिकाको रक्षा मन्त्...