एजेन्सी। अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलाउँदा त्रासकाे वातावरण बनेको छ। तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको छ। अत्यधिक भीडका कारण काबुल विमानस्थल अस्तव्यस्त छ। विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ। अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ भने एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको छ।