शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार गुरुयोजना छिटो अघि बढाइने बताएकी छन् । देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै उनले सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताएकी हुन् । शुक्रबार मन्त्रालयमा आयोजित सिंहदरबार गुरुयोजनाबारे छलफल कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सिंहदरबारभित्र युटिलिटी कोरिडोर बनाएर एकीकृत विकास योजना अघि बढाउनु पर्ने बताइन् । मन्त्री झाँक्रीले भनिन्, “देशको प्रमुख प्रशासकीय केन्द्र