प्राङ्गारिक मल प्रयोग गर्न सुझाव

तुलसीपुर, १५ चैत । तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय छ दशमलव तीन भन्दा कम रहेको पाइएकाले बालीमा प्राङ्गारिक मल प्रयोग गर्न सुझाव दिइएको छ । उपमहानगरपालिकाका विभिन्न स्थानको करिब सात सय ५० नमूनाको परीक्षण गर्दा माटोको अम्लियपन छ दशमलव तीन भन्दा कम रहेको पाइएको हो । तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले अहिले […]

सम्बन्धित सामग्री

फोहोरमैलाको दीर्घकालीन समाधानका उपायबारे काठमाडौंका मेयरलाई जरोकिलोको सुझाव

मौलिक जरोकिलो पार्टीले फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानको उपायबारे काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यलाई सुझाव दिएको छ । बिहीवार मेयर शाक्यलाई ज्ञापनपत्र बुझाउँदै मौलिक जरोकिलो पार्टीका काठमाडौं महानगरपालिका समिति संयोजक मनोजराज आचार्यले फोहोरको पुनः प्रयोग हुने प्रविधिलाई प्रयोग गर्न सुझाव दिए । ‘फोहोरमैलाबाट पुनः प्रयोग गरेर विभिन्न सामानहरूको उत्पादन, फोहोर जलाएर विद्युत् उत्पादन र कुहिने फोहोरबाट मिथेन ग्यास र प्राङ्गारिक मल बनाउन सकिने प्रविधिको विकास भइसकेको छ,’ ज्ञा...

कृषिमा नयाँ कार्यक्रम सञ्चालन हुन्छ :  कृषि मन्त्री अर्याल

वैशाख ५, काठमाडौं  । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्याकुमारी अर्यालले गत वर्ष सञ्चालन भएका तर प्रभावकारी बन्न नसकेका कृषि कार्यक्रमको निरन्तरता दिन नसकिने बताएकि छन्। आउँदो आर्थिक वर्ष २०७७/ ७८ मा कृषि बजेट, नीति तथा कार्यक्रमका सन्दर्भमा आइतवार मन्त्रालयमा आयोजना गरिएको छलफल कार्यक्रममा उनले अनुत्पादक क्षेत्रमा लगानी भएका कृषि र पशुपालन क्षेत्रका कार्यक्रम निरन्तरता हुन नसक्ने तर फरक रुपमा नयाँ कार्यक्रम सञ्चालन हुने जानकारी दिइन्।            छलफलमा सहभागी सांसदले प्राङ्गारिक मल उत्पादन र प्रयोगमा जोड, अनुदानका कार्यक्रममा विशेष ध्यान, गैरकिसानले लिने गरेका अनुदान रोक्नुपर्ने, विभिन्न समयमा आउने विपद्बाट हुने जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने एवं बजेट रकम स्थानीय तहबाट मात्र वितरणको व्यवस्था हुनुपर्ने, कृषि उत्पादनको बीमा कार्यक्रम प्रभावकारी हुनुपर्ने बताएका थिए।            कार्यक्रममा सांसद खगराज अधिकारी, विद्या भट्टराई, सुजिता शाक्य, माया ज्ञवाली, शान्ति पाख्रिन, कोमल वली, थममाया थापा मगर, दलबहादुर रानाले सुझाव राखेका थिए । रासस