काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गरेको छन्। वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताएका हुन्। शनिबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, ‘राजनीतिक दलहरुले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन। कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका ने