थानी–कँडेल भिडन्तमा फेरि ‘ब्रेक’

कुनै बेला एमाले नेता यामलाल कँडेल र कांग्रेस नेता हृदयराम थानीबीच रोचक चुनावी भिडन्त सुर्खेतवासीका लागि चासोको विषय बनिरहन्थ्यो । तर संघीयतापछि भने थानी–कँडेलबीचको प्रतिस्पर्धामा लागेको ‘ब्रेक’ आसन्न निर्वाचनमा पनि कायमै रहने भएको छ ।दुवैको निर्वाचन क्षेत्र एउटै भए पनि आसन्न निर्वाचनमा थानी प्रतिनिधिसभातर्फ र कँडेल प्रदेशसभातर्फ उम्मेदवार हुने भएपछि यी दुई नेताबीच प्रत्यक्ष भिडन्त नहुने भएको हो । २०७४ को निर्वाचनमा पनि यी दुई नेताबीच प्रत्यक्ष भिडन्त भएको थिएन । त्यतिबेला पनि थ