परराष्ट्रमन्त्री खड्का र कुवेती समकक्षीबीच टेलिफोन संवाद : कोभिड र द्विपक्षीय सम्बन्धबारे कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र कुबेती समकक्षी शेख अहमद नासिरबीच शुक्रबार बेलुका टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उक्त संवादमा आपसी चासोका विषय, कोभिड-१९ महामारी र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको थियो । छलफलमा क्षेत्रीय र विश्वमा विकसित परिस्थितीबारे पनि कुराकानी भएको कुवेतको न्यूज एजेन्सी कुनाले जनाएको छ ।

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री खड्का र बेलायतका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री डा.नारायण खड्का र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री लर्ड अहमदबीच आज टेलिफोन संवाद भएको छ । उनीहरूबीच भएको वार्तामा नेपाल र बेलायतबीचको आपसी सहयोगका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यस अवसरमा परराष्ट्रमन्त्री डा.खड्काले कोभिड विरुद्धको खोप सहयोगप्रति बेलायत सरकारलाई धन्यवाद व्यक्त गरे । उनीहरूबीच क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा आपसी सहयोग र जलवायु परिवर्तनलगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।