ओझेलमा पर्यो भोजपुरको पर्यटन

दर्जनौँ ऐतिहासिक धरोहर रहेको जिल्लाको पर्यटन क्षेत्र ओझेलमा परेको छ । यहाँ ऐतिहासिक महत्व बोकेका धेरै सम्पदा भए पनि पनि ती क्षेत्र गुमनाम छन् ।सतीप्रथाको अन्त्यका लागि आन्दोलनदेखि जनस्तरबाट स्थापित पाठशाला यही जिल्लामा छ । तत्कालीन समयमा डोली पैसा छापिएको टक्सार बजार यही जिल्लामा छ  भने शिक्षाको ज्योति छर्ने बालागुरु षडानन्द र क्रान्तियोदा योगमायाले योगदान गरेको भूमि पनि यही पर्छ तर ती ऐतिहासिक, पर्यटकीय, धार्मिक गन्तव्य धेरै भए पनि ओझेलमा परेका छन् । यहाँ ऐतिहासिक हतुवागढी, कोटगढी पनि छन्