पुरानो घरको नयाँ यात्रा

काठमाडौं : सुलक्षण भारती नेपाली रंगमञ्चमा एउटा चर्चित नाम हो। झण्डै दुई दशकदेखि रंगकर्ममा सक्रिय सुलक्षणले पुरानो घरबाट नयाँ यात्राको सुरुवात गरेका छन्।यतिवेला उनको परिकल्पनामा बनेको नाटकघरमा उनकै परिकल्पना, लेखन, निर्देशन तथा अभिनय रहेको नाटक 'म' मञ्चन भइरहको छ। दुई वर्षअघि नै बनेको नाटकघरमा विभिन्न कारणले नाटक मञ्चन हुन सकेको थिएन। नाटक 'म' को मञ्चनसँगै पुरानो घर थिएटर र सुलक्षणले नयाँ यात्राका लागि पाइला सारेका छन्। आफूलाई कम्फर्ट जोनबाट निकालेर नयाँ चुनौती दिइराख्न