काठमाडौं (अस) । नेशनल लाइफ इन्स्योरेन्स मंगलबारदेखि ३४ वर्ष पूरा गरी ३५औं वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सव अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ ।
कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा गरिएको रक्तदानमा ५० भन्दा बढी कर्मचारीको सहभागिता थियो । देशभरमा ३४ वृद्धााश्रममा खाना खुवाउनुका साथै कर्मचारी लक्षित विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको कम्पनीले बताएको छ ।
कम्पनीले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लैजानेछ ।
कम्पनीको जीवन बीमा कोषमा ५० अर्ब हाराहारी रकम जम्मा भएको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड पुग्नेछ । कम्पनीले चालू वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण प्रक्रिया अघि बढाएको छ ।