राप्ती हाइड्रोको आईपीओ बाँडफाँड, ८५ प्रतिशत आवेदकको हात खाली

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म जारी गरेको कुल २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर सोमबार बाँडफाँड भएको हो ।  गोलाप्रथाबाट भएको आईपीओ बाँडफाँडमा २ लाख १७ हजार ६९४ जना आवेदकले जनही १० कित्ताका दरले कम्पनीको सेयर हात पारेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । कम्पनीको आपीओका लागि कुल १४ लाख ९१ हजार ७२२ जनाले आवेदन दिएका थिए । जसमध्ये १४ लाख ९० हजार २९८ आवेदन स्वीकृत भएको थियो भने १ हजार ४