रायमाझी र खाणसहित १४ जनालाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डाैले प्रहरीलाई तीन दिनको म्याद दिएको छ ।जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूमध्ये १३ जनामाथिको प्रारम्भिक बयान लिने काम जिल्ला सरकारी वकिलको कार्यालयले सकेको छ । पछिल्लो समयमा पक्राउ परेको पूर्वसभासद् आङटावा शेर्पासँग भने आज बुधवार बयान चलिरहेकाे छ । यसअघि यस प्रकरणमा मुछिएका पूर्वमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहा...