जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा डर्टमण्डले अर्मिनियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन महमुद दाहोद, जाडोन सान्चो र रिनिएरले एक एक गोल गरेका थिए ।जितसँगै डर्टमण्डले २३ खेलमा ३९ अंक जोडेको छ ।डर्टमण्ड लिगको पाँचौ स्थानमा रहेको छ ...