काठमाडौं, २५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले केही मान्छेले लोकतन्त्र र गणतन्त्रमाथि तल्लो स्तरमा उत्रिएर प्रश्न उठाउने दुस्साहस गरेको टिप्पणी गरेका छन् । उनले भने,‘यति ठूलो र लामो संघर्ष र बलिदान, पूराना पार्टी र नेताहरुको विचार, दर्शन । पद्यरत्न तुलाधार र दमननाथ ढुंगानाजस्ता राष्ट्रिय व्यक्तित्वहरुको योगदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस भैराखेको छ […]
काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको बताएका छन्। बिहीबार सम्पादकहरुसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले विपक्षी दलहरुबीचको गठबन्धन लामो समयसम्म सँगसँगै जान सक्ने बताए। प्रधानमन्त्रीको निम्ति भएको संघर्ष पनि नभएको भन्दै उनले संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको लडाइँ भएको जनाए।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी रहने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विरुद्ध बैकल्पिक सरकार गठनको प्रयासमा लागेका माओवादी केन्द्रका अध्यक्ष दाहालले ओली पुन प्रधानमन्त्री बनेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताएका हुन् ।उनले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै जनतालाई राहत दिने
‘म आशा गर्छु कि- उहाँहरू सत्य र लोकतन्त्र तथा संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एकठाउँमा फेरि पनि भेट हुन्छ भन्ने ठान्छु,’ ७६ (५) मा भेट हुन सक्छ? भन्ने प्रश्नमा प्रचण्डले भने, ‘त्यो पनि हुन सक्छ।’
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओलीलाई प्रधानमन्त्री पदमा एक मिनेट पनि बस्न पाउने अधिकार नभएको बताएका छन्। काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो संघर्ष संसद पुनःस्थापना र बलमिचाई ढंगले गरेको संवैधानिक नियुक्ति विरुद्ध हो।’ ओली निरङ्कुश र तानाशाही बाटोमा लागेको बताए। ओली सरकारले असंवैधानिक तवरले ढंगले संसद भंग गरेपछि ओली सरकार असंवैधानिक भएको तर्क गरे। ‘ओली सरकार