हिमपहिरोमा बेपत्ताको खोजी जारी

हिमपहिरोमा परी सगरमाथा क्षेत्रमा बेपत्ता भएका तीन जना भरियाको अवस्था एक सातादेखि अज्ञात छ । हिमपहिरोमा बेपत्ता भएका खुम्बु पासाङल्हामु गाउँपालिका–५, छेसोका तीन जनाको खोजी कार्य जारी रहे पनि हालसम्म फेला पार्न सकिएको छैन । आरोहीको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू चैत २९ गते हिमपहिरोमा बेपत्ता भएका थिए । बेपत्ताहरूको शेर्पाको समूह, रेको डिभाइस र हेलिकोप्टरबाट खोजी कार्य भइरहे पनि हिउँका ठूला ढिस्कामुनि पुरिएकाले खोजी कार्यमा कठिनाइ रहेको र हिउँ पग्लिएपछि थप खोजी कार्य गरिने इमाजिन ट्रेक नेपालका कार्यकारी निर्देशक दावा शेर्पाले बताउनुभयो ।