के हो युक्रेनमा रुसले प्रयोग गरेको भनिएको भ्याक्युम बम?

एजेन्सी, फागुन २१ । मानवअधिकार समूहहरू अनि अमेरिकास्थित युक्रेनी राजदूतले रुसलाई थर्मोबेरिक वा भ्याक्युम बम प्रयोग गरेको आरोप लगाएका छन्। सोमवार युक्रेनको सुमी क्षेत्रको ओख्तिर्कास्थित एक तेल प्रशोधन केन्द्र ध्वस्त हुने गरी भएको विस्फोटन थर्मोबेरिक अस्त्रका कारण भएको आरोप छ। तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन। रुसले धेरै ठाउँमा प्रतिबन्धित क्लस्टर बमको पनि प्रयोग गरेको […]