म्याग्दी – बिहानै उठेर बाख्रालाई दानापानी दिनु, अनि कामको बाँडफाँड गरेर आफू पनि घाँसको जोहो गर्नेतर्फ लाग्नु कृष्ण मल्लको दैनिकी हो ।
साउदीमा फलफूलको बगैँचा गोडमेल र पानी लगाउने तथा इराकमा हाउसकिपिङकाे काममा सुपरभाइजर भएर स्वदेश फर्कनुभएका कृष्णको दिन आजकाल बाख्रापाठाको रेखदेखमै बित्छ ।
म्याग्दीको बेनी नगरपालिका ६ अर्थुङ्गेस्थित चुत्रेनीका कृष्ण अहिले उमेरले ३० वर्ष लाग्नुभयो । करिब ६ वर्ष परदेशमा बिताउनुभयो । साउदीमा २२ महिना र इराकमा ४ वर्ष काम गरेर स्वदेश फर्किएपछि कृष्णले अस्ट्रेलियाको सप...