रुपन्देही – भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा नौ अर्ब २८ करोड ६७ […]