भोटेकोसी बाढीमा ज्यान गुमाएकाको पहिचान गर्न पहिलोपटक डीभीआई टोली गठन

भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूको विवरण र फेला परेका शवबाट प्राप्त सूचना मिलाएर मृतकको पहिचान गर्न सरकारले पहिलोपटक विपद् पीडित पहिचान (डीभीआई) टोली गठन गरेको छ । शव पहिचानमा त्रुटि हुन नदिन टोली गठन गरी विवरण संकलन र विश्लेषण अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताए । टोलीले […]