काठमाडौं– नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा गौतमले स्वास्थ्य तथा जनसंख्या र गुप्ताले युवा तथा खेलकुद मन्त्रीका रूपमा शीतल निवासमा राष्ट्रपतिसमक्ष शपथ लिएका हुन् । तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी