स्पेसएक्स र टेस्ला गाभ्ने प्रस्तावमा मस्क सकारात्मक

काठमाडौँ । अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावप्रति समर्थन जनाएका छन् । मस्कका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जरबारे अध्ययन गरिरहेको छ । स्वार्थको द्वन्द्वका कारण आफू छलफलमा सहभागी हुन नसक्ने बताउँदै उनले सम्झौता निश्चित नभएको र यसका लागि टेस्लाका सेयरधनीहरूको व्यापक समर्थन आवश्यक पर्ने उल्लेख गरेका छन् […]